News

युवाहरुले गुञ्जाए नारा : भारतीय सेना कालापानी छोड्, नेपाली सेनालाई शक्तिशाली पार

युवाहरुले गुञ्जाए नारा : भारतीय सेना कालापानी छोड्, नेपाली सेनालाई शक्तिशाली पार
काठमाडौँ, २७ असार । सचेत नेपाली पार्टीले भारतको दादागिरी बिरुद्ध मोटरसाइकल र्याली सहित बृहत बिरोध प्रदर्शन गरेको छ ।

काठमाडौँको माइतीघर मण्डलामा गरेको प्रदर्शनमा भारतीय सेना कालापानी छोड, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएर भारतीय दादागिरीको विरोध गरेका हुन् । प्रदर्शनमा ‘नेपाली सेना जिन्दावाद, ‘नेपाली सेनालाई शक्तिशाली पार, जस्ता नारा लगाउँदै भारतको नेपाललाई पेल्ने पछिल्लो गतिविधिको विरोध जनाइएको थियो ।

साथै, प्रदर्शनमा धोकेवाज भारतीयको भर नपर, उद्योग धन्दा सञ्चालन गर जस्ता नारा लगाएका छन् । विरोध कार्यक्रममा देश सञ्चालकहरु निजी स्वार्थ भन्दा माथि उठ्न नसकेकोले युवाहरु जागरुक हुनुपर्ने आवश्यकता रहेको समेत उल्लेख गरिएको थियो । सचेत नेपाली अभियान यसअघि अभियानको रुपमा रहेको भएपनि आजबाट पार्टीको भएको समेत घोषणा गरिएको छ । हालको शाशक प्रति विश्वास नभएको भन्दै ४० वर्ष भन्दा कम उमेरका युवाले मुलुकको शासन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

Related Articles

Back to top button
Close