News

कर्णाली प्रदेशमा ६ जना कोरोना संक्रमित थपिदा १८ जनाले कोरोना जिते

कालिकोट , २७ असार । कर्णाली प्रदेशमा ६ जना कोरोना संक्रमित थपिदा १८ जना कोरोना जितेर घर फर्किएका छन् ।

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाबाट १ जना, चौकुने आइसोलेसन सेन्टर सुर्खेतबाट ५ जना, छेडागाढ आइसोलेसन सेन्टर जाजरकोटबाट ३ जना, जाजरकोट अस्पताल जाजरकोटबाट ४ जना र पन्चपुरी आइसोलेसन सेन्टर सुर्खेतबाट ५ जना गरी १८ जना कोरोना जितेर घर फर्किएका छन् ।

आज सम्म कोरोना जितेर घर फर्किनेको संख्या १ हजार ३ सय ६५ पुगेको छ । प्रदेश अस्पताल सुर्खेत पशुपंछी रोग अन्वेषण प्रगोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट सुर्खेतका ३ जना र सल्यानका १ जनामा कोरोना पुष्टि भएको छ ।

चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणबाट रुकुम पश्चिमका १ जना र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणबाट जुम्लाका २ कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्यसेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १ हजार ५ सय ९५ पुगेको छ ।

Related Articles

Back to top button
Close