Video

महानायक काण्ड बारे नायिका प्रियंका कार्कीले पनि मुख खोलीन् (भिडियो)

अभिनेत्री दीपाश्री निरौलाले महानायक राजेश हमालबारे दिएको अभिब्यक्तिपछि कलाकारहरुले आ आफ्नो भनाई सार्वजनिक गरिरहेका बेला लोकप्रिय नायिका प्रियंका कार्की पनि बोलेकी छिन् । प्रियंकाले कसैको तर्क, भाव या बिचार आफुलाइ चित्त नबुझे आवाज उठाउने अधिकार सबैमा भएको भन्दै दीपाश्रीको पक्ष लिएकी छिन् ।

उनले भनेकी छिन् चित्त नबुझेको कुरा राख्नुस, वहाँलाइ सकारात्मक ढंगले सच्चाउनुस। वहाँ लगायत हामी सबै तपाईंहरबाट सिक्न चाहन्छौ। तपाईंहरुले माया गर्नुहुन्छ, हामीलाइ हौसला दिनु हुन्छ, हाम्रो खुसीमा सहभागीता देखाउनु हुन्छ र त्येसै गरि, हामीबाट केही गलती भएमा हामीलाइ सच्च्याउने र सकारात्मक ढंगले सही मार्ग देखाउने अधिकार पनि यहाँहरुलाइ छ। र त्यसको सम्मान पनि हामी गर्छौ। तर सच्चाउने क्रममा अस्लिल गाली, गलौच र चरित्र हत्या कृपया नगरिदिनुस। एउटा गलत बोली या तर्कले कोही ब्यक्तीको चरित्रमै दाग लगाइदिनु त राम्रो होइन नि।

हाम्रो आफन्त, आफ्नै छोरा(छोरीले केही गलती गरे, हामी के मुख छाडेर, मन परि अश्लील गाली गर्छौ ररु गर्दैन्नौ नि। एउटा अभिभावकको नजरबाट सम्झाउछौ, गलती औल्याउँदै अगाडी बड्ने हौसला दिन्छौ, माफी मागे स्वीकारछौ। यहि तरिका हाम्रा देशका छोरी चेलीको लागि पनि अपनाउन पाए कति राम्रो हुन्थ्यो नि। होइन ररु

आखिरमा हामी सबै मानिस हौ। हाम्रो मानसिक स्वास्थ पनि प्रभावित हुन्छ, होइन ररु यो बिषयमा ध्यान पुराइदिनुस, विनम्र अनुरोध। धेरै माया। प्रियंका कार्की भिडियो हेर्नुहोस्स्

Related Articles

Back to top button
Close