News

भारतीय सुपरस्टार अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना संक्रमण पुष्टी, ऐश्वर्या सहित परिवारको रिर्पोट आज आउने

काठमाडौं, असार २८ । भारतमा कोरोना संक्रमणले महामारीको रुप धारण गरेका बेला भारतीय सुपरस्टार अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना संक्रमण भएको छ।

भारतीय मिडियाहरुका अनुसार मिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना संक्रमण पुष्टी भए लगत्तै उनीहरुलाई गएराती नै मुम्बईस्थित नानावती अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार सुरु गरिएको छ ।


महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेका अनुसार ‘अमिताभ बच्चन र अभिषेक बच्चनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

अमिताभकी पत्नी जया र अभिषेककी पत्नी एवं अभिनेत्री ऐश्वर्या राय बच्चनको पनि कोरोना परीक्षण गरिसकिएको र आज रिर्पोट आउने मुख्यमन्त्री टोपेले भारतीय मिडियालाई जानकारी दिएका छन् ।

मुख्यमन्त्री टोपेका अनुसार वच्चन परिवारको घरमा बस्ने अन्य सदस्यहरुको पनि कोरोना परिक्षण गरिनेछ ।

Related Articles

Back to top button
Close