News

जया बच्चन र ऐश्वर्यामा देखिएन कोरोना, अमिताभ र छोरा अभिषेकको उपचार हुँदै

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चन र छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमणको पुष्टी भएता पनि उनको परिवारका अन्य सदस्यमा भने कोरोना नेगेटिभ देखिएको छ ।

भारतीय मिडियाका अनुसार अमिताभ पत्नि जया र अभिषेक पत्नि ऐश्वर्यामा भने कोरोना संक्रमण नभएको पुष्टी भएको छ । उनीहरुको गएराती स्वार संकलन गरेर लगिएको र अहिले रिर्पोट नेगेटिभ आएको हो । यसअघि अमिताभ र अभिषेकको गएराती नै कोरोना संक्रमणको पुष्टी भएपछि उनीहरुलाई नानावटी अस्पतालमा लगेर उपचार सुरु गरिएको छ ।

भारतीय मिडियाका अनुसार परिवारका अन्य सदस्य साथै घरमा काम गर्ने कामदारको परीक्षण गरिएको थियो । जसमध्ये जया बच्चन, ऐश्वर्या र आराध्याको रिर्पोट नेगेटिभ आएको छ । कर्मचारीहरुको रिर्पोट भने आउन बाँकी रहेको भारतीय मिडियाले जनाएको छ ।

Related Articles

Back to top button
Close