Video

राजेश हमाल माहानायक हो र ? भनेकी दीपाश्रीलाई केकीले भनिन छोरी भएर जन्मिनु नै गल्ती भयो (भिडियो हेर्नुहोस)

हालै कलाकार दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमाललाई ‘उहाँ महानायक हो र!’ भनेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भयो। यस विषयमा नायिका निरौलाले हमालका फ्यानसँग माफी नै माग्नुपर्‍याे। यही विषयमा अहिले नायिका केकी अधिकारीले आफ्नो असन्तुष्टि पोखेकी छन्। उनले आमालाई पात्र बनाएर व्यंगात्मक शैलीमा दीपाश्री महिला भएकै कारण हेपिनुपरको आशय प्रकट गरेकी छन्।‘विगत केही हप्तायता आमा त्यसै त्यसै त्रसित हुनुहुन्छ। फेसबुकमा खासै सक्रिय हुनुहुन्न आमा, तर आजकल हर दिन हर घन्टा आमाको आँखा अनि ध्यान फेसबुकमै हुन्छ। नसा लाग्यो कि क्या हो आमा भनेर सोधेको, होइन तिमीले केही लेखेको छौ कि भनेर हेरिराको भन्नुभो।

अहिले चर्किरहेका विषयमा केही भन्ने वा लेख्ने नगर है भन्नुभो,’ फेसबुकमा नायिका अधिकारीले लेखेकी छन्, ‘ म एकछिन् घोत्लिए अनि सोचें, गल्ती त हाम्रै हो नि दीपा दी, पहिलो गल्ती त तपाईं छोरी भएर जन्मिनु भो।’नायिका केकी अधिकारीको स्टाटस जस्ताको तस्तै तल पढ्नुहोस : बिगत केही हप्ता यता आमा त्यसै त्यसै त्रसित हुनुहुन्छ। फेसबुकमा खासै सक्रिय हुनुहुन्न आमा तर आजकल हर दिन हर घन्टा आमाको आँखा अनि ध्यान फेसबुक मै हुन्छ। नसा लाग्यो कि क्या हो आमा भनेर सोधेको, होइन तिमीले केही लेखेको छौ कि भनेर हेरिराको भन्नुभो। अहिले चर्किरहेका विषयमा केही भन्ने वा लेख्ने नगर है भन्नुभो। सहनै गाह्रो हुने प्रतिक्रियाहरु आउछन् अनि मेरो मन भतभत पोल्छ भन्नुभो। भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close