News

विश्वभर १ करोड २८ लाखभन्दा बढि कोरोना संक्रमित, ५ लाख ६७ जनाको मृत्यु

२८ असार, काठमाडौंः विश्वभर कोरोना संक्रमितको संख्या कुल १ करोड २८ लाखभन्दा बढि भएको छ ।

वल्डोमिटरका अनुसार विश्वभर कुल कोरोना संक्रमितको संख्या १ करोड २८ लाख ४९ हजार ३ सय पुगेको छ । यो तथ्यांक आज बिहानको हो ।

त्यस्तै, विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ लाख ६७ हजार रहेको छ । तथ्यांकका अनुसार ५ लाख ६७ हजार ७ सय ८३ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै, हालसम्म कोरोना भाइरसको संक्रमणमुक्त हुनेको संख्या कुल ७४ लाख ८४ हजार १ सय ८४ रहेको छ ।

Related Articles

Back to top button
Close