News

भारतीय लोकप्रिय अभिनेत्री रेखाको घरमा पनि देखियो कोरोना, घर सिल गरियो

एजेन्सी- भारतीय लोकप्रिय अभिनेत्री रेखाको घरमा पनि देखियो कोरोना देखिएपछि उनको घर सिल गरिएको छ । भारतीय मिडियाका अनुसार अभिनेत्री रेखाको सेक्युरिटी गार्डमा कोरोना संक्रमण पुष्टी भएसँगै उनको मुम्बइस्थित बान्द्रामा रहेको घर सिल गरेर कर्मचारीको समेत कोरोना परिक्षण गरिँदैछ । त्यस्तै रेखाको घरको आसपासको क्षेत्रलाई पनि सेनिटाइन गरिएको छ । त्यस्तै अमिताभ वच्चन र अभिषेक वच्चनमा पनि कोरोना स.क्रमणको पुष्टी भएको छ ।

उता बलिउड कलाकार अनुपम खेरको परिवारका चार सदस्यमा पनि कोरोनाभाइरस पोजेटिभ देखिएको छ । अनुपमले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै यस बारेमा जानकारी दिएका हुन् । ट्वीटरमा आफ्नो आमालाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका छन्। ट्वीटरमा उनले लेखेका छन्, ’मेरी आमा दुलारीलाई कोरोना संक्रमण भएको छ, मेरो भाइ, भाउजु र भतिजीलाई पनि उच्च सावधानमा रहँदा पनि उनीहरुमा हल्का लक्षण देखिएको छ ।

म आफैंले पनि परीक्षण गरे र मैले आफ्नो रिपोर्ट नेगेटिभ पाएको छु। यस अघि शनिबार मात्रै बलिउडका अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चन कोरोना संक्रमित बनेका छन् । उनीहरुको अहिले मुम्बईस्थित नानावती अस्पतालमा उपचार भइरहेको छ ।कोरोना देखिएपछि अमिताभ बच्चनको निवास जलसालाई कन्टेन्टमेन्ट क्षेत्र घोषित गरि सील गरिएको समाचारमा जनाइएको छ ।

Related Articles

Back to top button
Close