Intresting

कस्तो अनौठो देश ? जहाँ पुरुष नपाएर छट्पटाउँछन युवती !

कतै केटा छानी छनी विवाह गरिरहेकाछन् त कतै केटा नै नपाएर विवाह नगरि बैश खेर फालिरहेकाछन् । सिरियाका युवतीहरुको पिडा छुट्टै छ । जहाँ पुरुषको अभावमा युवतीहरु विबाह नभएर पीडामा बस्न बाध्य छन् । किन आइलाग्यो त यो समस्या ?

समाचार माध्यममा जनाइएअनुसार, लामो समयदेखि हिंसाग्रस्त सिरियामा ७० प्रतिशत महिला अविवाहित छन् । हिंसाका कारण कयौं युवक मारिएका छन् भने कयौं विदेश पलायन भइसकेका छन् ।

त्यस्तै कतिपय युवक जेलमा छन् । जसका कारण विहे गर्ने बेलाका युवकहरुको खडेरी नै छ । केही समय अघि गरिएको अध्ययन अनुसार, त्यहाँ ७० प्रतिशत महिला पुरुष नपाएर अविवाहित बस्नु परेको छ ।

समाजमा बचेखुचेका केही युवक पनि आर्थिक समस्या, असुरक्षाजस्ता कारणले विवाहका लागि तयार हुदैनन् । यसले गर्दा समस्या परिरहेको छ।

Related Articles

Back to top button
Close