News

युएईले म्याद सकिएको भिषा र परिचयपत्र नवीकरणका लागि आवेदन स्वीकार गर्ने

एजेन्सी, २८ असार । संयुक्त अरब इमिरेट्स युएईले जुलाई १२ देखि म्याद सकिएको भिसा र परिचयपत्र नवीकरणको लागि आवेदनहरू स्वीकार गर्ने भएको छ ।मन्त्रिपरिषद्ले म्याद सकिएको भिसा, इमेरिट्स परिचयपत्र र प्रवेश अनुमतिको वैधता विस्तार गर्ने सम्बन्धमा महत्त्वपूर्ण निर्णय लिएको हो । युएईले कोरोना भाइरस संक्रमणको रोकथामका लागि लगाइएको प्रतिबन्धहरू शिथिल पारिसकेपछि यो महत्त्वपूर्ण निर्णय लिएको जनाएको छ । शुक्रबार फेडरल अथोरिटी फर आइडिन्टिटी एन्ड सिटिजनशीप आईसीए) ले यो निर्णयले युएई सामान्य दिनमा फर्कदैछ भनेर संकेत दिने बताएको छ ।

आईसीएले धेरै क्षेत्रहरुमा व्यवसाय ल्याउने र सामान्य दिनहरु जस्तै ट्रयाकमा काम गर्ने प्रयास भइरहेको पनि बताएको छ । कोरोना भाइरस महामारीको सुरुका महिनाहरूमा लकडाउन भएको कारण युएईले आवासीय भिसा, प्रवेश र रेसिडेन्सी अनुमतिको म्याद थपिएको छ ।

आईसीएले भिसा, प्रवेश अनुमति र आईडी कार्ड सेवा फेरि सुरु हुने जनाएको छ । जुलाई १२ देखि, व्यक्तिहरू यसको शुल्क जम्मा गरेर आवेदन सुरु गर्न सक्नेछन्। सबै आप्रवासी बासिन्दा, युएई नागरिक र जीसीसी देशका मानिसहरुलाई उनीहरुको अवैध कागजात वैध बनाउन आईसीएले शनिबार आग्रह गरेको छ ।

जसको आवासीय भिसा र एमिरेट्स आईडी कार्ड यस वर्षको मार्च र अप्रिलमा अवैध भएको छ उनीहरूले १२ जुलाईदेखि नवीकरणको लागि आवेदन दिन सक्ने छन् । त्यस्तै आवासीय भिसा र इमिरेट्स आईडी कार्ड यस वर्षको मेमा अवैध हुनेहरुले नवीकरणको लागि ११ अगस्तदेखि आवेदन दिन सक्ने रहेको छ ।

Related Articles

Back to top button
Close