News

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २२ जना कोरोनाका बिरामी उपचार पछि निको भएर घर फर्के

विराटनगर- प्रदेश १ मा २२ जना निको भएर घर फर्केका छन् । प्रदेश १ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आइतबार २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १२ महिला र १० पुरुष रहेका छन् ।

सामाजिक विकास मन्त्रालयले जनाए अनुसार डिस्चार्ज हुनेहरुमा झापाका १९, खोटाङका २ र सुनसरीका १ जना रहेका छन् । यो सँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ५ सय ७१ पुगेको छ ।

प्रदेश १ मा आइतबार ३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङको पथरी शनिश्चरेका २ महिला र झापाको कचनकवलका १ पुरुष रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय २४ पुगेको छ ।

Related Articles

Back to top button
Close