News

निष्ठाका साथ इमान्दार भएर ड्युटी गर्दा एक महिला प्रहरी अधिकारीलाई महंगो पर्यो

काठमाडौं । निष्ठाका साथ इमान्दार भएर ड्युटी गर्दा एक महिला प्रहरी अधिकारीलाई महंगो परेको छ । अहिले विश्वभर कोरोना महामारीको रुपमा फैलिएको छ । नेपालको छिमेकी भारतमा पनि को’रोना लगातार बढ्दैछ । अहिले बाहिर आएको घ’टना पनि भारत गुजरात राज्यको नै हो। राज्य सरकारले मानिसहरूलाई मास्क लगाउन र को’रोना महामारीमा शाररीक दूरीको पालना गर्न अपील गर्दै आएको छ। अर्को तिर राज्य सरकारका मन्त्रीको नाममा उनका समर्थकहरूले सरकारी नियमको धज्जी उडाइरहेका छन् । यति मात्र होइन, प्रहरीले आफ्नो कर्तव्य पुरा गर्दा जागिरबाट निकाल्ने काम पनि भएको छ । मन्त्री समर्थकहरूलाई मास्क किन नलगाएको वा नियम पालना किन नगरेको भनेर प्रश्न गर्दा पछि ति महिला प्रहरी अधिकारीले राजीनामा दिनुपर्यो । घ’टना गुजरात, सूरतको वरछा प्रहरी स्टेशन क्षेत्रको मिनी बजारमा भएको हो । जहाँ शुक्रबार राति स्थानीय समयानुसार १०ः३० बजे, स्वास्थ्य राज्यमन्त्री कुमार कानानीका समर्थकहरू बिना मास्क सडकमा यात्रा गरिरहेका थिए।

घ’टनास्थलमा खटिएकी सुनीता यादव नामकी महिला प्रहरीले ति समर्थकहरूलाई रोकेर क’र्फ्यूको बेला मास्क किन नलगाएको भन्दै सोधपुछ गरिन् । त्यसपछि समर्थकहरूले मन्त्रीको छोरोलाई फोन गरेको भिडियो सार्वजनिक भएको छ । मन्त्रीका छोराले आफ्नो बुबाको कार लिएर समर्थकहरूसम्म पुगे । बुबाको नाम र विधायकको पोष्ट कारमा लेखिएको थियो । तर ति महिला प्रहरी घ’टनास्थलमा उभिएर निर्भयतापूर्वक आफ्नो कर्तव्य प्रदर्शन गर्छिन् । उनले आफ्ना वरिष्ठ अधिकारीलाई बोलाएर सम्पूर्ण अवस्थाबारे जानकारी गराइन्। फोनमा इन्स्पेक्टरले मन्त्रीको नाम सुन्नेबित्तिकै ड’राएकोजस्तो देखिन्छ । ति प्रहरी निरीक्षकले महिला प्रहरी जवानलाई घर जान अनुरोध गरेका छन् । समाचारमा उल्लेख गरिए अनुसार उनीमाथि वरिष्ठ अधिकारीको आदेश थियो । त्यसपछि ति महिला प्रहरी ड्युटी छोडेर घर गइन् । तर मन्त्रीका समर्थकहरू र उनका छोराले उक्त महिला प्रहरीसँग गरेको कुराकानी अडियो रेकर्ड गरेर सामाजिक सञ्जालमा भाइरल गराए । आजतकका अनुसार महिला प्रहरीले प्रहरी प्रणालीबाट है’रान भएर राजीनामा दिएकी हुन् । अर्कोतर्फ सूरतका प्रहरी आयुक्त राजेन्द्र ब्रह्माभट्टले एसीपी सीके पटेललाई उक्त मु’द्दाको अनुसन्धान गर्न निर्देशन दिएका छन्।

Related Articles

Back to top button
Close