अभिनेत्री दिव्याको २६ वर्षको उमेरमा आज निधन, ज्यान गुमाउनुअघि लेखेकी थिइन् यस्तो भावुक स्टाटस
एजेन्सी । भारतीय कलाकार दिव्या चौस्केको आइतबार २६ वर्षको उमेरमा निधन भएको छ । भारतीय मिडियाका अनुसार क्यान्सरसँग लडिरहेको दिब्याले लण्डनमा एक्टिङ क्लास सकेर भारत फर्किएकी थिईन् । उनी मोडलिङमा पनि सक्रिय रहे पनि उनको अधुरो यात्राका बारेमा उनका भाई अमिस बर्माले फेसबुकमा पोष्ट शेयर गर्दै दिदीको मृत्युको खबर पुष्टी गरेका छन् । अन्तिम पोष्ट इस्टाग्राममा पोस्ट गर्दै उनले मृत्युसँग लड्न नसकेको भाव व्यक्त्त गरेकी छिन् ।
त्यस्तै आज मात्रै बलिउडका अर्का चर्चित कलाकार रन्जन सेहगलको पनि निधन भएको छ । भारतीय मिडियाहरुका अनुसार उनको किड्नीलगायत शरिरका बिभिन्न अंगहरुले काम गर्न छाडेपछि उनको निधन भएको हो । पछिल्लो समय टेलिभिजन कार्यक्रम क्राईम पेट्रोलमा देखिएका रन्जनले पूर्व विश्व सुन्दरी तथा सुन्दरी नायिका एेश्वर्य रायसँगै “सरबजित” मा काम गरेका कलाकार रन्जन सेहगलको निधन भएको हो ।
थिएटर हुदै टेलिभिजन तथा बलिउडमा प्रवेश गरेका रन्जनले सब्की लाड्ली बेबो, भाग्य एण्ड रिश्ता डटकमलगायतका टेलिफिल्ममा काम गरिसकेका छन् भने रिश्तो से बढी प्रथा, तुम देना साथ मेरा, गुस्तक दिल, भावर, जाने क्या होगा राम र कुलदिपमा मुख्य भुमिकामा देखिएका छन् ।