News

अमिताभ वच्चनको पूरै परिवारमा नै कोरोना संक्रमण पुष्टी, ऐश्वर्याकी सासु जयामा पनि संक्रमणको पुष्टी, फ्यानहरु निराश

एजेन्सी – बलिउड अभिनेत्री ऐश्वर्या राय पनि कोरोना भाइरसबाट संक्रमित भएकी छन् । ऐश्वर्यासँगै उनकी सासू जया बच्चन पनि संक्रमित भएकी छन् ।

यसअघि शनिबार नै अमिताभ र अभिषेक दुबैको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो । उनीहरु शनिबार नै अस्पताल भर्ना भइसकेका छन् । महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश तोपले जानकारी दिए अनुसार अमिताभको परिवारमा चार जनालाई कोरोना संक्रमण भएको छ ।

ऐश्वर्या र जयाको कोरोना रिपोर्ट आइतबार आएको हो । स्वास्थ्यमन्त्री राजेशले भिडिओ सन्देश मार्फत यसबारे जानकारी दिएका हुन् । यससँगै बलिउडका कलाकार अनुपम खेरसहित उनको परिवारका पनि चार जनालाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । अमिताभको परिवारमा चार जनालाई कोरोना भेटिएको जानकारी सार्वजनिक भएपछि उच्च अधिकारी तथा बलिउडकर्मीहरुले स्वास्थ्यलाभको कामना गरेका छन् । समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

Related Articles

Back to top button
Close