News

चर्चित कार्यक्रम ‘कसौटी जिन्दगी’का यि अभिनेतामा पनि कोरोना संक्रमण, अस्पताल भर्ना

एजेन्सी । भारतीय सुपरस्टार अभिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन लगायतका कलाकारहरुमा कोरोना संक्रमणको पुष्टी भएका बेला अभिनेता पार्थ सम्राटलाई कोरोना संक्रमण पृष्टी भएको छ ।

अभिनेता पार्थ सम्राट चर्चित भारतीय टेलिसिरियल “कसौटी जिन्दगीका” अभिनेता हुन् । लकडाउनको समयमा समेत अटेरी गर्दै कसौटीको सुटिङमा जान थालेपछि उनमा संक्रमण भएको र संक्रमण लगत्तै उक्त कार्यक्रमको छायांकन रोकेर उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ ।

यसअघि भारतीय सिरियल इशकबाजकी अभिनेत्री अदिती गुप्ता पनि कोरोना भाइरसबाट संक्रमित भएकी थिइन् । उनले आफु बिरामी परेसँगै कोरोना परीक्षण गराएको र रिपोर्ट पोजिटिभ आएको सामाजिक संजालबाट नै जानकारी गराएकी थिइन् ।

आज मात्रै अभिनेता अनुपम खेरको परिवारका ४ जनामा संक्रमण पुष्टी भएको छ भने अर्की चर्चित नायिका रेखाका सुरक्षागार्डमा पनि संक्रमण भएसँगै उनको घर सिल गरिएको छ ।

Related Articles

Back to top button
Close