News

२१ वर्षिय लेग स्पिनर रसिद खानले गरे अफगानिस्तानलाई विश्वकप नजिताएसम्म बिहे नगर्ने घोषणा

एजेन्सी । अफगानिस्तानका स्टार क्रिकेटर रशिद खानले आफ्नो देशलाई विश्वकप नजिताएसम्म आँफुले विबाह नगर्ने घोषणा गरेका छन् । हालैको एक अन्तरवर्ताका क्रममा कुराकानी गर्दै २१ वर्षिय लेग स्पिनर खानले त्यस्तो घोषणा गरेका हुन् ।

क्रिकेटर खानले अफगानिस्तानको अजादी रेडियासँगको अन्तर्वार्तामा आफ्नो देशलाई विश्वकप जिताएपछि मात्रै मैले बिहे गर्छु, त्यसपहिले बिहेबारे सोच्न पनि सक्दिन ।

आइसिसी टि२० बरियताको बलरतर्फ शीर्ष स्थानमा रहेका रसिद इन्डियन प्रीमियर लिगमा सनराइजर्स हैदरावादका एक महत्त्वपूर्ण खेलाडीका रुपमा चिनिदै आएका छन् । उनको खेलको विश्वभर चर्चा हुने गरेको छ ।

Related Articles

Back to top button
Close