News

यस्तो छ निःसन्तानलाई सन्तान दिने गोरखा मनकामनाकी दिदी मालिका देवीको महिमा

जाजरकोट-जाजरकोट भेरी नगरपालिका–६, मछाइनाको मालिका मन्दिर धार्मिक र प्राकृतिक हिसावले निकै महत्वपूर्ण रहेको छ। यो मन्दिर गोरखा मनकामनाकी दिदी मालिका देवीको पूजा–अर्चना हुने मन्दिर हो। मागेपछि प्राप्त हुन्छ भन्ने सर्वसाधारणमा विश्वास भएकाले मनले चाहेको वर माग्न विभिन्न बहाना बनाउँदै गोरखा मनकामनामा सर्वसाधारणको घुइँचो लागे जस्तै जाजरकोटको मछाइना मालिका मन्दिरमा पनि सर्वसाधारणको भीड लाग्ने गर्दछ।

वर्षायामको समाप्तिसँगै विभिन्न मेलापर्व र जात्राहरूको अवसरमा मालिका मन्दिरमा पूजा गर्न निःसन्तान दम्पती जाने गर्दछन्। उनीहरू सन्तान प्राप्तिको लागि वर माग्न जाने गर्दछन्। प्राकृतिक सुन्दरताले भरिपूर्ण मछाइनाको मालिका क्षेत्रमा वनभोज खाने र घुम्न जानेको संख्या पनि बढ्दै जान थालेको छ।

गोरखाकी शक्ति स्वरूपा देवी मनकामनाकी दिदीका रूपमा जाजरकोटमा पुजिने गरेकी मालिका देवीको पूजा–अर्चना गर्न र वरदान माग्न मछाइना जानेको संख्या बढ्न थालेपछि भेरी नगरपालिका–६ मछाइनामा चहलपहल बढेको छ। सुशिक्षा, सुस्वास्थ्य, धन र सन्तान प्राप्तिका लागि मालिका मन्दिरमा वर माग्न आउनेको संख्या बढ्ने गरेको मन्दिरका पुजारी गोविन्द घर्तीले बताउनुभयो।

उहाँले मन्दिरमा दर्शन गर्नका लागि जात्राको बेला १ हजारभन्दा बढी सर्वसाधारण आउने र अन्य समयमा दैनिकरूपमा सर्वसाधारण श्रद्धालु आउने र पूजा–अर्चना गर्ने गरेको बताउनुभयो। मेरो इच्छा पूरा गरे बोका दिउँला भनेर भाकल गरेका मानिस बोकाको बली चढाउन चतुर्दशीको दिन मन्दिर जाने गर्दछन् भने श्रावण पूर्णिमाको दिन मालिका मन्दिरमा पूजा–अर्चना हुने र मेला लाग्ने पूजारी घर्तीले बताउनुभयो। नेपाल समाचार पत्रमा खबर छ ।

Related Articles

Back to top button
Close