News

सोमबार भगवानको पनि देवता महादेवको पूजा ,यी काम गरे मनले चिताएको पुग्ने जनविश्ववास !

सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले आफुले सोचको जस्तै बर पाउन र विवाहित नारीले पतिको दीर्घायूको कामनासहित भगवान शिवको पूजा आरधना गर्ने गर्दछन् ।

-यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुने विश्वास गरिन्छ । त्यस्तै सोमबारका दिन भगवान शिवप्रति समर्पित भई शिव स्तोत्र, रुद्राक्ष, बेल पत्ताको पूजा गर्नाले भगवान शिव प्रशन्न हुन्छन् भन्ने विश्वास गरिन्छ । त्यस्तै श्रद्धा भाव राख्दै निम्न पाँच काम गर्नाले पनि मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

-सोमवार भगवान शिवको दिन अर्थाता चन्द्रमा का दिनका रुपमा लिइन्छ। यस दिन विहान सवेरै उठेर भगवान शिवको दर्शन गरी शिव चालीसा या शिवाष्टकको पाठ गर्नाले भगवान शिव प्रसन्न भइ समस्या समाधान हुने विश्वास गरिन्छ ।

-दापत्य जीवनमा आउने उतार चढाव वा समस्या समाधानको लागि सोमवारको विहान सबेरै गौरी–शंकरलाई मनन गरी रुद्राक्ष शिव भगवानलाई अर्पर्ण गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ ।

Related Articles

Back to top button
Close