News

एक सय चार वर्षकी बृद्धाले जितिन कोरोना, घरमै बसेर निको हुनेको रहस्य यस्तो

२९ असार, काठमाडौंः एक सय चार वर्षिया बृद्धाले कोरोना भाइरसको संक्रमणबाट मुक्त भएकी छिन् । इग्ङल्याण्डको केन्टमा बस्ने ग्रेस ग्रिनउड नामकी एक सय चार वर्षिया महिलाले आफ्नो घरैमा बसेर कोरोना भाइरसको संक्रमणलाई जितेकी हुन् ।

उनलाई तीन साता अघिबाट कोरोनाले निकै गम्भिर असर गरेको थियो । आफ्नो ओछ्यानबाट उठन पनि नसक्ने अवस्थामा पुगेकी ग्रिनउड अस्पताल भने गइनन् । उनले आफ्नाृे घरमै बसेर पूर्ण रुपमा निको भएको बताएकी छिन् ।

परिवारका अनुसार केही हप्ता अघिबाट उनमा कोरोना भाइरसको लक्षण देखा परेका थिए । तर, कोरोना संक्रमण भएको थाहा पाउँदा पनि बृद्धा आत्तिइनन् । उनी आत्मविश्वासी भएकाले कोरोनालाई जित्न सफल भएको उनको परिवारले बताएको छ ।

Related Articles

Back to top button
Close