Video

दिपा दिदीले गल्ती गरेककै हो माहानायक राजेश दाई सँग म माफी माग्छु भने मग्ने बुढाले यसरि (भिडियो हेर्नुहोस)

हास्य कलाकार केदारप्रसाद घिमिरेले ‘महानायक’ विवादमा आफ्नो मुख खोलेका छन् । नायिका दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न सोझाएपछि उत्पन्न विवाद अझै साम्य भएको छैन ।दीपाश्रीले माफी मागिसके पनि उनलाई गाली आउन नछाडेपछि चलचित्रकर्मीले आफ्नो भनाइ सार्वजनिक गर्न थालेका हुन् । केदार लेख्छन्–‘हो दीपा दिदीको गल्ती थियो, माफी पनि मागिसक्नुभयो । म पनि महानायक राजेश हमालसँग व्यक्तिगत रुपमा माफी माग्छु । कुन गल्तीको सजाय कति भन्ने पनि त होलानी । छिमेकीको बच्चाले साग कुल्च्यो भनेर खुट्टा नै भाँचेर पठाइदिने त ?’

केदारले चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर रिलिज भएपछि सुरुमै १२ सय प्रतिक्रिया नकारात्मक आउँदा आफू झण्डै दोश्रो पटक डिप्रेसनमा गएको पनि उल्लेख गरेका छन् ।‘छक्का पञ्जा’को टिमबाट आफूलाई निकाल्दा चलचित्रको अस्तित्व नै सकिने भनेर आएको प्रतिक्रियामा उनले लेखेका छन्–‘हाम्रो टिममा सबै लेखक र निर्देशक छौं । आफू आफैँ पनि छुट्टाछुट्टै रुपमा चलचित्र बनाउन सक्छौं । तर छुट्टाछुट्टै चलचित्र बनाउँदा चलचित्र कमजोर नबनोस्, दर्शक निराश भएर नफर्किऊन् भनेर हामी एक आपसमा मिल्छौं ।’केदारले दीपाश्री निकै दयालु भएको भन्दै उनले गरिरहेको सामाजिक कार्यको पनि चर्चा गरेका छन् । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close