News

इटालीका डाक्टर भन्छन् – कोरोना भाइरस कम्जोर भैसक्यो, यो आफै हराएर जान्छ !

काठमाडौं । नेपालमा कोरोना सुरु भएको ६ महिना पछि कोरोनाका बारेमा केही सुखद समाचार आउन थालेका छन् । इटालीका बैज्ञानिकले अब कोरोना भाइरसको क्षमता कम हुँदै गएको दावी गरेका छन् । रोग विशेषज्ञहरुले अब कोरोनाको खोप नबने पनि यसको क्षमता कम हुँदै गएर आफै हराउने दावी गरेका छन् ।

अमेरिकावाट प्रकाशित न्युयोर्क पोष्टमा उल्लेखित समाचार अनुसार सान मार्टिनो अस्पतालमा इन्फेक्सियस डिजिज क्लिनिकका प्रमुखस डाक्टर माटेओ बसेटीले यस्तो दावी गरेका हुन् । उनले सुरुको तुलनामा अहिलेक कोरोना भाइरसको शक्ति कमजोर बन्दै गएको बताएका छन् । उनले विस्तारै यो भाइरस हराएर जाने पनि दावी गरेका छन् ।

समाचार माध्यमले बसेटीका भनाईलाई उल्लेख गर्दै भनेको छ, मार्च र अप्रिलको शुरुको तुलनामा अहिलेको अवस्था निकै फरक बनिसकेको छ । सुरुको समयका भाइरसको शक्ति बढी हुने भएकाले मानिसलाई भाइरसले धेरै च्याप्थ्यो तर अहिले रोकथाम गर्न सकिने अवस्थामा पुगेको दावी गरेका छन् । सुरुमा धेरै विरामीलाई अक्सिजन दिएर भेन्टिलेसनमा राख्नुपर्ने अवस्था देखिएको भए पनि अहिले त्यो अवस्थाका विरामी निकै कम भएको उनको दावी छ । त्यसरी आउने विरामीम निमोनियाको समस्या देखिएको उनले बताएका छन् ।

मानिसहरुले स्वास्थ्य प्रति सजगता अपनाएका कारण अहिले कोरोनाको जोखिम कम हुँदै गएको उनको अनुमान छ । कोरोना भाइरस नियन्त्रणको लागि लकडाउन गर्ने, मास्क लगाउने, भौतिक दुरी कायम राख्नेजस्ता सुरक्षाका उपाय अपनाएका कारण पनि कोरोना भाइरसले स्वरुप परिवर्तन गरेको हुनसक्ने उनले बताए ।

बसेटीले शोधकर्ताहरुले खोप विकास गर्नुभन्दा पहिला नै कोरोना भाइरस हराउन सक्ने दावी पनि गरेका छन् । तर अन्य केही वैज्ञानिकहरुले भने कोरोना अझ केही वर्ष रहने दावी गरेका छन् । बेलायतको युनिभर्सिटी अफ एक्सेटर मेडिकल स्कुलका प्राध्यापक भरत पंखानियाले अझ केही वर्ष कोरोना भाइरस पृथ्वीमा रहने बताएका हुन् । त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि कोरोना भाइरसको कारण अहिले झन् धेरै मानिसहरुको निधन भइरहेको बताएको छ । डब्ल्यूएचओले कोरोनाको स्वरुप परिवर्तन भएको दावी गरेको छैन ।
स्रोत स् न्युयोर्क पोस्ट

Related Articles

Back to top button
Close