Video

गीतकार कमला न्यौपानेको एल्वम ‘तरंग’मा रामकृष्ण , स्वरूप , मेलीना सहित यि बहुचर्चित कलाकारको स्वर (भिडियो)

काठमाडौँ । विगत २० वर्षदेखि अमेरिकामा बस्दै आएकी गीतकार कमला न्यौपानेको गीति एल्बम ‘द वेभ’ सार्वजनिक भएको छ । गायक रामकृष्ण ढकाल, स्वरूप राज आचार्य , मेलीना राई र अनुप रेग्मी, बानीका प्रधान , कर्ण बीर, मिलन नेवारको स्वर रहेको एल्बम अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्कीले लोकार्पण गरेका हुन् । एल्बममा चर्चित गीतकार तथा संगीतकार येदीन गजमेरले एकल संगीत भरेका छन् ।

विश्वभर बढीरहेको कोरोना संक्रमणको त्रासलाई मध्यनजर राख्दै सामाजिक दुरी कायम गरी जुम मिटिगं मार्फत आइतबार साँझ एल्बमको लोर्कापण गरिएको हो । तरंगको लोकार्पण पश्चात डा। केशव भट्टराई, लेखिका निलम कार्की निहारिका, बरिष्ठ संगीतकार आलोक श्री , संगीतकार अम्बर तंबापो सुब्बा , रीमा श्रेष्ठ र कुशल गुरुंगले गीति एल्बम राम्रो बनेको प्रतिक्रिया दिदै शुभकामना ब्यक्त गरेका थिए ।

सो अवसरमा बोल्दै गीतकार न्यौपानेले तरंग एल्वम मानिसका जीवनमा आइपर्ने सुख दुख, आरोह अबरोह, हांसो, रोधन ,सुख, दुख मिलन, बिछोड, प्रेम, त्यागको संगम भएको बताइन् । गीतकार न्यौपानले यो एल्बम तरंग मार्फत आफ्नो देश प्रेम प्रतीको तरंग, प्रेम र त्याग बिचको तरंग, कला सस्कृति भित्रको तरंग र जीवन साथी र घर परिवार प्रतीको समर्पित तरंग प्रस्तुत गर्न खोजेकी छिन् ।

गीतकार न्यौपानेको पहिलो सांगितीक कोसेली तरंग डा. प्रकाश न्यौपानेको निर्माणमा तयार भएको हो । एल्बममा राम कृष्ण ढकाल (मेरो झण्डा), स्वरूप राज आचार्य (धुवा धुवा) , मेलीना राई र अनुप रेग्मी (होली रंग) , बानीका प्रधान (सुनौलो बिहानी) कर्ण बीर (रिमा रिमा) , अनुप रेग्मी र मिलन नेवार (एक कदम) बोलका गीतमा स्वर भरेका छन् ।

Related Articles

Back to top button
Close