News

१ महिनामा नै वैदेशिक रोजगारीमा ज्यान गुमाएका १६७ जनाको शव स्वदेश ल्याइयो, विदेशबाट शव ल्याउँदा विमानस्थलदेखि घरसम्म हुन्छ रुवाबासी

काठमाडौं, असार ३० । कोरोना भाइरसको त्रासकाबिच विदेशमा अलपत्र परेका २७ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन्। उनीहरुको उद्धार गरेर स्वदेश ल्याउने क्रममा चार्टर उडानबाट एक महिनाको अवधिमा १ सय ६७ वटा नेपालीको शव नेपाल ल्याइएको वैदेशिक रोजगार विभाग तथा परराष्ट मन्त्रालयले उल्लेख गरेको छ ।

कोरोनाका कारण विदेशी भूमिमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका करिब २७ हजार नेपाली स्वदेश फर्किदा उनीहरुसँगै साउदीबाट ५९ वटा, मलेसियाबाट ४१ वटा, कतारबाट ४१ वटा, यूएईबाट १० वटा, बहराइनबाट ६ वटा, कुवेतबाट ८ वटा, माल्दिभ्स र ओमनबाट एक÷एक गरी १ सय ६७ वटा शव ल्याइएको हो पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ सञ्चालन व्यवस्थापन केन्द्र ९सीसीएमसी० का अनुसार लकडाउनको अवधिमा सरकारले सुरु गरेको चार्टर फ्लाईटमा जेठ २८ गतेदेखि असार २८ गतेसम्मको अवधिमा १ सय ६७ वटा शव पनि नेपाल ल्याइएको पुष्टी गरेको हो । कूटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा सरकारले २३ मुलुकबाट नेपाली फिर्ता ल्याएको हो।

स्वदेश फर्किएकामध्ये झण्डै ७५ प्रतिशत वैदेशिक रोजगारीमा गएका रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारी बताउँछन्। अन्नपूर्ण पोस्ट्मा खबर छ । कोरोनाका कारण विदेशमा रोजगारी गुमाउनेको संख्या लाखौं रहे पनि ती कामदार फिर्ताका लागि सरकारले ध्यान दिन सकेको छैन। केही रोजगारदाताले टिकट दिएर फर्किए पनि अधिकांश कामदार आफै पैसा तिरेर स्वदेश फर्किएका हुन्।

Related Articles

Back to top button
Close