News

लकडाउनको चपेटामा परेका सुत्केरी तथा गर्भवती महिलालाई पोषण सामग्री वितरण

उदयपुर, २९ असार । लकडाउनको समयमा पोषणको अभाव हुन नदिन कटारी नगरपालिकाले सुत्केरी तथा गर्भवती महिलाहरुलाई पोषिलो खानेकुरा वितरण गरेको छ ।

नगरपालिकाले पोषण कार्यक्रम अन्तर्गत पोषण सुधारका लागि नगरपालिकाभित्र ५ सय जनालाई पोषिलो खानेकुरा वितरण गरेको हो । १० केजी चामल, २ केजी गेडागुडी, १ लिटर तेल, २ सय ग्राम ज्वानो, २ वटा साबुन, १ केजी नुन, आधा लिटर घ्यू, झोला र सेनिटरी प्याड वितरण गरिएको उपमेयर भीम कुमारी राउतले बताइन् ।

उपमेयर राउतले नगर पालिकाका प्रत्येक वडामा पुगेर सुत्केरी तथा गर्भवती महिलालाई पोषण सामग्री वितरण गरिएको बताइन् । उपमेयर राउत भनिन्, “लकडाउनका कारण पोषिला खानेकुराको अभाव हुन सक्ने भएकाले वितरण गरेका हौं ।”

उनले थपिन्, ‘नगरले राहत वितरण गर्दा सुत्केरी तथा गर्भवती महिलालाई नसमेटेपछि बिशेष गरेर सुत्केरी र गर्भवतीलाई लक्षित गरेर मैले यो कार्यक्रम गरेको हुँ ।’

Related Articles

Back to top button
Close