Video

सुनैसुनले बनेको संसारकै पहिलो होटल, एक रातको कति ? हेर्नुस यस्तो अचम्मको छ

काठमाडौं । भियतनामको एक यस्तो पाँचतारे होटल बनेको छ,जसको सम्पूर्ण भागमा सुनको जलप लगाइएको छ। हनोईमा बनेको डोल्से हानेई गोल्डेन लेक नामक होटल निर्माणमा रु २३ अर्ब ८० करोड बढी रकम खर्च भएको बताइएको छ।

उक्त होटलको ट्वाइलेट सिटमा समेत सुनको जलप लगाइएको छ, भने यहाँ आउने पाहुनाले गोल्डन बाथमा हात धुन पाउनेछन्, गोल्डेन इन्फिनिटी पूलमा रिल्याक्स गर्न सक्नेछन् र सुनको जलप लगाइएको लबी हेरेर आश्चर्यमा पर्नेछन् ।

होटलको बिल्डिङमा सुनको जलप लगाउन एक टन सुन प्रयोग गरिएको छ । यहाँ एक रात बस्न पाहुनाले २५० डलर तिर्नुपर्नेछ । होटलका मालिक हु डुवाङ्गले आफ्नो होटलमा साधारणदेखि अत्यधिक धनाढ्य परिवारको उपस्थित हुने आशा राखेका छन् ।हेर्नुहोस –

Related Articles

Back to top button
Close