News

सवारी दुर्घटनामा ३ जनाको मृत्यु, बाल्टीको पानीमा डुबेर मृत्यु

काठमाडौ । काठमाडौ चन्द्रागिरी नगरपालिका९१ ईन्द्रथानस्थित सडकमा बा.६६ प ५८६६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सोमबार दिउँसो सडकबाट करिब १२ मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-१५ ढुङ्गेअड्डा बस्ने ३४ वर्षीय रुपेश खड्काको कलंकीस्थित मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय बिजय शाहीको सोही अस्पतालमा उपचार भइरहेकोछ ।

कैलाली, घोडाघोडी नगरपालिका-२ स्थित सडकमा अनटेष्ट लेखिएकोअटो र म.२ प ७९७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक दार्चुला घर भई कंचनपुर भिमदत्त नगरपालिका-९ बस्ने ४१ वर्षीय कुस्माकर जोशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका जोशीको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सुनसरी, ईटहरी उपमहानगरपालिका-५ पचरूखी चौकस्थितसडकमा को.२त६०३ नम्बरको ट्याक्टरको ठक्करबाट आइतबार साँझ गम्भीर घाइते भएका को.३४प९५६ नम्बरको मोटरसाइकलचालकमोरङ हातीमोडा बस्ने ३० वर्षीय सुसिलचन तबदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन नियन्त्रणमा लिई फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भिरबाट लडेर मृत्यु
रोल्पा माडी गाउँपालिका-३ भस्माखोर बस्ने ६१ वर्षीया आसमोली बुढा बाख्रा चराउन गएको अवस्थामा सोही ठाउँस्थितसिस्नेमा भिरबाट लडेर सोमबार साँझ मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बाढीबाट धनमाल नष्ट
मोरङ, अविरल बर्षाको कारण कानेपोखरी गाउँपालिका-५ स्थित चिसाङ खोलामा आइतबार राति आएको बाढीले सोही ठाउँ बस्ने सत्य नारायण चौधरी सहित १२ जनाको जग्गामा कटान गर्दा जग्गा र सोही जग्गामा लगाएको रुख,केरा,मेवा खेती कटान भई करिब ३ करोड २२ लाख ६६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । रौतहट, यमुनामाई गाउँपालिका-४ बस्ने बैधनाथ साहको ईटा र टालीले बनेकोकच्चीघर अविरल वर्षाको कारण सोमबार साँझ पूर्णरुपमा भत्किँदा घर र घरभित्र रहेको अन्नपात,लत्ताकपडा समेत गरी करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

नवलपरासी (पश्चिम) सरावल गाउँपालिका-६ स्थित रहेको झरही खोला र धनेवा खोलामा अविरलवर्षाको कारण पानीको बहाव बढ्न गई सोही ठाउँस्थित रामपुर खडौना, मधवलिया रनौडिहवा गाँउमा पानी पस्न गई ४२ घर डुबानमा परेका छन् । जसमध्ये १० घर परिवारआफन्तको घरमा गई बसेको र अन्य ३२ घर परिवार आआफ्नै घरमा बसेका छन् । तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।

पानीमा डुबेर मृत्यु
नवलपरासी प्रतापपुर गाउँपालिका-५ खैरेटवा बस्ने मुकेश चौहानको छोरी १ वर्षीया देविका चौहानको आफ्नै घरको आँगनमा खेल्ने क्रममा बाल्टीको पानीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनकोसहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर मृत्यु
झापा, मेचीनगर नगरपालिका-९ बस्ने ६४ वर्षीय बद्री प्रसाद थपलियाको करेन्ट लागेरसोमबार साँझ मृत्यु भएको छ । आफ्नै खेतमा पानी मिलाउने क्रममा हात्ती धपाउनलाई थापेको पासो बिजुलीको नाङगो तारबाट अचानक करेन्ट लागेर उनको मृत्यु भएको हो । नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-४ दिव्यनगर बस्ने ५२ वर्षीय कृष्ण बहादुर रानाको शौचालयमा गएको अवस्थामा तार सर्ट भई करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर अशक्त भएका उनको सामुदायिक अस्पताल चिसापानीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला
सर्लाही बाग्मती नगरपालिका-६ बस्ने५५ वर्षीय रामजी कार्की घरदेखि करिब २ किलोमिटर पर सोमबार साँझ मृत अवस्थामा फेला परेका छन् । बाग्मती खोला किनारामा घाँस काट्न गएका उनी खोलाको किनारामा मृत फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related Articles

Back to top button
Close