Video
प्रियंका कार्की अभिनित फिल्म ‘चंगा चैट’ युट्युबमा रिलिज, हेर्नुहोस् पूरा फिल्म
काठमाडौं । प्रियंका कार्की अभिनित फिल्म ‘चंगा चैट’ युट्युबमा रिलिज गरिएको छ । फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
दीपेन्द्र के खनालको निर्देशन रहेको ‘चंगा चैट’ लाई माधव वाग्ले र शर्मिला पाण्डेले संयुक्त रुपमा निर्माण गरेका हुन् भने प्रदीप भारद्वाजले लेखेको फिल्म्मा प्रियंकाका अलावा आयुष्मान देशराज जोशी, रविन्द्र झा, सन्दीप क्षेत्री, अर्पण थापा, परमिता राणा, सुरक्षा पन्त लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
कमेडी जानराको फिल्मले हलमा पनि राम्रो प्रतिक्रिया पाएको थियो ।