News

बिहानै आयो दुःखद अबर, गण्डकी प्रदेशका पाँच जिल्लामा थपिए २५ जना कोरोना संक्रमित

३१ असार, काठमाडौंः बुधबार बिहान गण्डकी प्रदेशका थप २५ जनामा कोरोना भाइरसको संक्रमणका केसहरु थपिएका छन् ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशका पाँच जिल्लामा थप २५ जना कोरोना संक्रमित भेटिएका छन । निर्देशनालयका अनुसार थपिएका संक्रमितहरुमा पूर्वी नवलपरासीमा ११ जना , म्याग्दीमा ९ जना , तनहुँमा ३ जना तथा गोरखा र कास्कीमा एकएक जना रहेका छन् ।

बुधबार थपिएका कोरोना संक्रमितसँगै गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमितको संख्या १ हजार २२८ पुगेको छ

Related Articles

Back to top button
Close