News

आयो खुसीको अबर, कोरोना भाइरसको खोपमा महत्वपूर्ण सफलता हासिल भएको दाबी

३१ असार, काठमाडौंः अहिले विश्वभरका वैज्ञानिक कोरोना भाइरस विरुद्धको खोपमाथि अनुसन्धान गरिरहेका छन् । यसै बिच अमेरिकामा कोरोना भाइरस विरुद्धको खोपको अनुसन्धानको बारेमा एउटा महत्वपूर्ण सफलता हासिल भएको वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुले बताएका छन् ।

मंगलबार ४५ जनामा खोपको परिक्षण गर्दाको नतिजा अनुसन्धानकर्ताहरुले सार्वजनिक गरेका थिए । उक्त नतिजा अनुसार खोपले मानिसको शरीरमा न्युट्रलाइजिङ एन्टीबडी विकसित गर्ने देखिएको थियो । संक्रमण रोक्नका लागि एन्टिबडीले निकै महत्वपूर्ण काम गर्ने वैज्ञानिकहरुले बताएका छन् ।

उक्त खोपमाथि अनुसन्धा नगरिरहेको टोलीले न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा लेखेको लेखमा भनिएको छ, ‘खोप प्राप्त गर्ने मानिसको रगतमा कोभिड(१९ बाट निको भएका बिरामीमा जत्तिकै एन्टीबडी प्राप्त भएकोे छ।’ त्यस्तै, उनीहरुले अब यो खोपलाई ३० हजार स्वयंसेवकका परीक्षण गर्ने बताएका छन् ।

Related Articles

Back to top button
Close