News

चर्चित अभिनेत्री श्रेनुलाई कोरोना संक्रमणको पुष्टि भएपछि अस्पतालमा भर्ना

काठमाडौ, असार ३१ । भारतिय टिभि सिरियलकी चर्चित अभिनेत्री श्रेनु पारिखलाई कोरोना संक्रमणको पुष्टि भएको छ । उनले आफुलाई कोरोना देखिएको बारे सामाजिक संजालमा तस्विर शेयर गर्दै जानकारी गराएकी हुन् ।

कोरोना देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको भारतिय मिडियाले जनाएको छ । दर्जर्नाै टिभि सिरियलमा अभिनय गरेर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी श्रेनुले तस्विर शेयर गर्दे सामाजिक संजाल मार्फत स्टाटस लेखेकी छिन् ।

उनले स्टाटसमा ‘कोरोना कै कारण आज म अस्पतालमा भर्ना भएकी छु मेरो स्वास्थ्य लाभको कामना गर्नुहोस् धन्यबाद’ उनिसंगै बलिउडमा पछिल्लो समय कयौँ कलाकारमा कोरोना संक्रमण देखिएको छ ।

Related Articles

Back to top button
Close