News
भोलीदेखि अन्य बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने
३१ असार, काठमाडौंः कोरोना भाइरसको कारण भएको लकडाउनको समयमा जुनसुकै एटिएमबाट पैसा निकाल्दा पनि शुल्क नलाग्ने व्यवस्था भोलीबाट हट्ने भएको छ ।
भोली बिहिबारबाट अन्य बैंकको एटिएमबाट पैसा निकाल्दा शूल्क नलाग्ने व्यवस्था हटन लागेको हो । अब भने अन्य बैंकको एटिएमबाट पैसा निकाल्दा शूल्क लाग्ने वा नलाग्ने भन्ने बारेमा सम्बिन्धित बैंकले नै निर्णय गर्ने छन् ।
लकडाउन खुकुलो भएसँगै र आवत जावतमा पनि सहज भएकाले अबदेखि शुल्क लाग्ने र बैंकले निर्णय गर्ने बारेमा व्यवस्था गरिएको बैंकर्स संघले जनाएको छ ।