News

अभिनेत्री श्रेनुमा देखियो कोरोना संक्रमण

काठमाडौं – बलिउडकी चर्चित कलाकार श्रेनु पारिखलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । टिभी अभिनेत्री श्रेनुले आफुलाई कोरोना पोजेटिभ आएको बारे सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् । उनले सामाजिक सञ्जाल इंस्टाग्राममार्फत आफुलाई कोरना देखिएको र अस्पतालमा उपचार भइरहेको बताएकी छिन् ।

उनले लेखेकी छिन् केहि दिन पहिला मलाई कोरोना पोजेटिभ देखिएको छ । अहिले मेरो अस्पतालमा उपचार भइरहेको छ । मेरो र परिवारको स्वास्थ्य लाभको कामना गर्नुहोस् ।

Related Articles

Back to top button
Close