News

भोलिदेखि काठमाडौँ उपत्यकाका ९ रुटमा साझा बस चल्ने

काठमाडौँ, ३१ साउन । भोलीदेखि काठमाडौँ उपत्यकामा साझा यातायातले बस सञ्चालन गराउने भएको छ । साउन १ गतेदेखि साझा यातायातले काठमाडौं उपत्यकाको ९ रुटमा बस सञ्चालन निर्णय गरेको हो । सरकारले लकडाउन खुकुलो गरेसँगै निश्चित मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न पाउने सरकारको निर्णयपछि साझाले भोलिदेखि उपत्यकाको विभिन्न रुटमा २६ वटा बस सञ्चालन गर्न लागेको साझा यातायातले जनाएको छ ।

पहिलो चरणमा २६ वटा बस सञ्चालन गर्ने र यात्रुको चाप बढ्दै गए अरू बस पनि थपिने साझा यातायातका प्रवक्ता महेन्द्र राज पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार बसमा सवार गर्ने यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने छ ।

साझा बस चल्ने रुट लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बूढानीलकण्ठ गोदावरी, लगनखेल हुँदै रत्नपार्क लामाटार, लगनखेल हुँदै रत्नपार्क लगनखेल, सातदोबाटो, कलंकी हुँदै थानकोट लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क रत्नपार्क, कलंकी, स्वयम्भू हुँदै बालाजु रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक रहेको छ ।

Related Articles

Back to top button
Close