News

बलात्कारको आरोपमा सशस्त्र पोखराका एसएसपी अधिकारी प्रहरीको नियन्त्रणमा

पोखरा, ३१ असार । सशस्त्र प्रहरी बल पोखरा लामपाटनका एसएसपी राजेन्द्र अधिकारीलाई २७ बर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

अधिकारीले आफ्नै क्वाटरमा बोलाएर बलात्कार गरेको प्रहरीसँगको बयानमा पीडित महिलाले बताएकी छिन् । दिउँसो करिब २ बजेको समयमा पीडित महिलाले एसएसपी अधिकारीबिरुद्ध उजुरी दिए पछि प्रहरीले एसएसपी अधिकारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

हमालका अनुसार बलत्कार भएकी महिलाको उजुरी पछि तत्काल प्रहरीले बलत्कारका आरोपित एसएसपीलाई नियन्त्रणमा लिएको थियो ।

Related Articles

Back to top button
Close