News

सुरक्षा गार्डमा कोरोना संक्रमण पुष्टि भएपछि पनि किन आफ्नो कोरोना परिक्षण गर्न मानिनन् अभिनेत्री रेखाले ?

काठमाडौ, असार ३१ । सुरक्षा गार्डमा कोरोना संक्रमण पुष्टि भएपछि बलिउड अभिनेत्री रेखाको घर सिल गरिएको छ । भारतिय मिडिका अनुसार उनकको घर बाहिर सूचना टाँसेर सो घर सिल गरिएको बताइएको छ ।

घरको मुल गेटमा बसेर सुरक्षा गर्ने गार्डलाई कोरोना संक्रमण पुष्टि भएपछि मुम्बईस्थित बीकेसी अस्पतालमा भर्ना गरिएको हो । केहि दिन पहिला बलिउड अभिनेता अमिता बच्नको परिवारमा पनि कोरोना संक्रमणको पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

उनिसंगै निर्माता, निर्देशक करण जौहरको घरमा काम गर्ने सहयोगीमा पनि कोरोना संक्रमणको पुष्टि भएको बताइएको छ । त्यस्तै रेखाको सुरक्षा गार्डमा कोरोना देखिएको खबर उनले स्वयम आफैले सामाजिक संजालमा सार्वजनिक गरेकी हुन् । अलिे उनको बीकेसी अस्पतालमा उपचार भइरहेको छ ।

तर अभिनेत्री रेखाले भने कोरोना परिक्षण गर्न नमानेको बताइएको छ । आफु कसैको सम्पर्क नरहेको भन्दै उनले परिक्षण गर्न नमानेको भारतिय मिडियाले उल्लेख गरेका छन् ।

Related Articles

Back to top button
Close