News

बुढानिलकण्ठले हामी सबैको रक्षा गरुन्, तपाईको साउनको पहिलो साता कस्तो छ ? हेर्नुहोस् साप्ताहिक राशिफल

बुढानिलकण्ठले हामी सबैको रक्षा गरुन्, तपाईको साउनको पहिलो साता कस्तो छ ? हेर्नुहोस् साप्ताहिक राशिफल
मेषः– हिसाव किताव राखेर काम गर्नु होला केहि उपलब्धि हात लाग्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । आफन्तबाट बोली मात्र हुनेछ व्यवहारिक सहयोग कम पाईनेछ । नोकरी तथा राजनीतिबाट फाइदा लिन कोशिस बढि गर्नु पर्नेछ । बढि महत्वकाँक्ष बोकेर ठुला योजनामा लगानी गर्दा विचार पु¥याउन सकिएन भने हानी हुनेछ ।

वृषः– ज्ञान,शिप र वुद्धिको विकाश हुनेछ । सरल विधिबाट कार्य सम्पादन हुनेछन् । इज्जत प्रतिष्ठा वृद्धि हुने खालका काम हुनेछन् । पठन पाठनमा प्रगति हुनेछ । कुरा काट्नेहरु समर्थनमा आउने छन् । सामाजिक काममा अभिरुची बढ्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । आफन्तबाट सहयोग सल्लाहा सुझाव मिल्नेछ ।

मिथुनः– अरुको भलाईमा आफ्नो भविष्य नदेख्नु होला । स्पष्ट धारणा बनाएर अगाडि बढ्नु आवस्यक देखिन्छ,अलमले गलमल हुनेछ । खानपानमा ध्यान दिनुहोला नत्र स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । यात्राको सम्भावना देखिन्छ । नोकरी तथा राजनीतिबाट सन्तुष्टि कम मिल्नेछ । पढाई लेखाईमा थोरै ध्यान जानेछ ।

कर्कटः– आज पनि समयले साथ दिने देखिन्न । वचाएर राखेका पुरातात्विक कुरा नष्ट हुनसक्छन् सचेत रहनु होला । सयोग गर्ने भन्द खुट्टो तान्नेको बढि हुनेछन । काम गर्ने बातावरण त्यति सहज देखिदैन । भाग्यले कम साथ दिनेछ । मानसिक तनाव घट्ने छैन । जोखिम मोलेर नयाँ क्षेत्रमा लगानी नबढाउनु होला क्षति धेरै हुनेछ ।

सिंहः– समयको उपयोग गर्नु होला पछि यो समय आउने छैन । आयत निर्यात व्यापार व्यवसायबाटबाट लाभान्वित हुनुहुनेछ । आर्जित धनलाई वचतमा परिणत गर्न गाह्रो हुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । लोभ मोह बढ्नेछ । काममा ढिला सुस्ति नगर्नु होला । पढाई लेखाईमा खासै प्रगति हुने छैन ।

कन्याः– बढि महत्वकाँक्षी नबनि काम गर्नु होला । हेलचक्र्याई भयो भने उपलब्धि गुम्नेछ । विरोधीको सामना गर्नु पर्नेछ । गोपनियता अप्नाएर कार्य योजना अगाडि बढाउनु होला । स्त्री एवं सन्तानको चिन्ताले छोड्ने छैन । मेहनतका साथ गरेका काम सफल हुनेछन् । संघर्षबाट मात्र लक्ष्यमा पुग्न सकिनेछ ।

तुलाः– समयमा पूर्ण सुधार देखिदैन तर समस्या भने केहि घट्ने छन् । सवैलाई आफ्नो ठान्नु धोका हुनसक्छ । दूर्जनका कारण धन खर्च हुनेछ । पढाई लेखाईमा मन जानेछ । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ । सन्तान सुख कम मिल्नेछ । स्त्रीको सहयोग लिएर काम गर्दा केहि सहज हुनेछ । घर वाहिर बढि आनन्द मिल्नेछ ।

वृश्चिकः– समय सहज देखिदैन । शारीरिक एवं मानसिक शिथिलता बढ्नेछ । अनावस्यक विषय बस्तुमा समय खेर जानेछ । खर्चालु काम धेरै गर्नु पर्ला । घरयासी प्रयोजनको लागि समान खरीद हुनेछन् । आहार विहारका कारण स्वास्थ्यमा खरावी हुनसक्छ । आस्था र विश्वास घट्न सक्छ । आफन्तबाट सामान्य सहयोग मिल्नेछ ।

धनुः– ग्रह गोचर ठीकै देखिन्छ । उद्योग,पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अरुको भर पर्दा उपलब्धि थोरै हुनेछ तस्मात् आफ्नो काम आफै गर्नु होला । पढाई लेखाई मन्द रहनेछ । सहयोग गर्ने भन्दा कुरा काट्ने बढि हुनेछन् । राजनीतिमा धेरै चासो नदिनु होला । आर्थिक कारोवार गर्दा चनाखो हुनुहोला ।

मकरः– समय मध्यम खालको देखिन्छ । हेलचक्र्याई कहि कतै नगर्नु होला । ऋण लगानी नगर्नु होला पछि उठाउन गाह्रो हुनसक्छ । इष्टमित्र साथी भाईमा अल्प प्रेम होला । हृदयबाट सहयोग गर्ने कमै हुनेछन् । विवाद देखि टाढा बसी आफ्नो काममा दत्तचित्त भएर लाग्नुहोला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । व्यापारबाट थोरै आम्दानी हुनेछ ।

कुम्भः– काम गर्ने उत्साहा घट्ने छैन । काममा देखिएका समस्या कम भएर जाने छन् । फजुल खर्चमा कमी आउनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । आम्दानी खर्च बराबरै जस्तो हुनेछ । वचतमा जोड दिनुहोला । भोज भतेर,धार्मिक कार्यमा सहभागि हुन पाईनेछ । नोकरी तथा राजनीतिमा अधिकारको खोजी हुनेछ ।

मीनः– ढुक्क भएर काम गर्ने अवस्था रहने छैन । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । पढाई लेखाईमा खासै प्रगति हुने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । अनावस्यक खर्च बढ्नेछ । परिवारको स्वस्थ्यमा समस्या आउनेछ । जोखिम मोलेर कुनै काम नगर्नु होला । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ ।

Related Articles

Back to top button
Close