News

प्रधानमन्त्री ओलीले भने जस्तै ठोरीमा राम र सीताका प्राचीन अवशेष अझै सुरक्षित, अध्ययन गर्दै सरकार

Network- Revcontent
काठमाडौं-पुरातत्व विभागले रामको जन्मभूमि अयोध्याको विषयलाई लिएर ऐतिहासिक तथ्यको अध्ययन गर्ने भएको छ। ​ प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या पर्सा जिल्लाको ठोरीमा पर्छ, भनेर अभिव्यक्ति दिएसँगै नेपाल र भारत दुवै देशमा खैलाबैला मच्चिएको छ । ओलीले सीतालाई भारतीय राजकुमारलाई नभई नेपालकै अयोध्याका राजकुमार रामलाई दिइएको हो, भन्ने अभिव्यक्ति दिएसँगै यतिबेला नयाँ विवाद मात्र सुरु भएको छैन, यसले राम भूमि अयोध्याको बिषयमा समेत थप अनुसन्धान हुनुपर्ने कुरालाई जोड दिएको छ । रामको जन्मभूमि अयोध्या नेपालमा रहेको धारणा सार्वजनिक गरेपछि यो विषयले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा छलफल र बहस प्रारम्भ गरेको छ ।

अब पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरलेअयोध्याको विषयमा प्रारम्भिक छलफल शुरू भइसकेको बताएका छन् ।यसैबीचमा पर्साको ठोरी गाउँपालिका–५ स्थित ठोरी भन्सार टोलदेखि पश्चिम दक्षिणतर्फ रहेको सुमेरु पर्वतमा सीताको गुफा तथा केही प्राचीन अवशेषहरु भेटिएका छन् । त्यहा गुफासँगै सीताले त्यहाँ तपस्या गर्ने क्रममा विताएका दिनहरुको बखत रहेका कुण्ड, प्राचीन घडा, प्राचीन शिवलिंग लगायतका अवशेष फेला परेको पनि बताइएको छ ।

माता सीता जनकपुरबाट पर्साको ठोरीमा आएर त्यही गुफामा रही तपस्या गर्ने गरेकी र सोही क्रममा पूजा गर्नका लागि ढुँगाको ठूलो चट्टानमा आफैले बनाएकी शिवलिंगको अवशेष भेटिनुका साथै सुमेरु पर्वतको तल्लो भागमा भगवान राम तथा सीताले पिउने गरेको पानीको कुण्डको अवशेष पनि भेटिएको बताइएको छ ।उक्त अवशेषहरुबाट पनि भगवान रामको जन्मभूमि पर्साको ठोरी नै भएको प्रधानमन्त्री ओलीे मात्र नभइ त्यहाँका स्थानीयहरुले पनि बताएका छन् । यसै बिच प्रधानमन्त्री ओलीले रामको जन्मभूमि अयोध्या पर्सा जिल्लाको ठोरीमा पर्छ भने पछि जनकपुरका सात्रुसन्तले अभिव्यक्ति फिर्ता लिन र्पुर्ने भन्दै चेतावनी दिएका छन् ।

Related Articles

Back to top button
Close