News

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको काेरोना रिपाेर्ट अझै पाेजेटिभ

एजेन्सी, ०१ असार । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको काेरोना भाइरस अझै निको नभएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

बुधबार गरिएको पत्रकार सम्मेलनमा पछिल्लो पटक गरिएको परीक्षणमा पनि कोरोना भाइरस पोजेटिभ नै रहेको जानकारी दिइयो । उहाँलाई एकसाता अघि कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । उहाँको थप उपचार भइरहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

राष्ट्रपति जायर बोल्सोनारोको यो परीक्षण दोस्रो पटकको हो । दोस्रो पटककाे परीक्षणमा पनि कारोना सुधार नभएको हो । विश्वमा दोस्रो धेरै कोरोना प्रभावित मुलुक ब्राजिल हो । ब्राजिलमा १९ लाख ७० हजार ९०९ जनामा कोरोना संक्रमण पाइएको छ । जसमा ७५ हजार ५२३ जनाको मृत्यु भएको मछ । १२ लाख ५५ हजारभन्दा बढी संक्रमित निको भएको तथ्याङ्क रहेको छ ।

Related Articles

Back to top button
Close