News

खुसीको खबर ….यस वर्षको अन्तिमसम्ममा अमेरिकाले कोरोना विरुद्धको खोप ल्याउने

०१ साउन, काठमाडौंः अमेरिकाले यस वर्षको अन्तिमसम्ममा कोरोना भाइरस विरुद्धको खोप बजारमा ल्याउने बताएको छ ।

अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले यस वर्ष अर्थात सन् २०२० को अन्तिमसम्ममा ओप बजारमा ल्याउने बताएका हुन् । अहिले विश्व नै कोरोना महामारीको समस्याबाट जुँधिरहेको छ । विश्वभर कोरोना भाइरसको खोपको प्रतिक्षा रहेको समयमा फाउचीले यस्तो बताएका हुन् । उनले अनुमान गरिएको समयलाई लिएर आफू पनि निकै खुसी रहेको बताएका छन् ।

साथै, अमेरिकाले भन्दा अगाडी चीनले खोप ल्याउन नसक्ने पनि उनले बताएका छन् । नउले चीन एउटै बाटोमा हिँडन नचाहेकाले अमेरिकाभन्दा अगाडी खोपको निर्माण गर्न नसक्ने बताएका छन् । खोप यस वर्षको अन्तिममा बजारमा आउने भएतापनि यसले मानिसलाई कति समयसम्म संक्रमण र भाइरसबाट जोगाउन सक्छ भन्ने बारेमा अहिले नै भन्न नसकिने उनले बताए ।

Related Articles

Back to top button
Close