News

नेपाली सेना प्रतापले दाइजो थोरै दिएको,बच्चा जन्माउन नसकेको भनेर मानसिक यातनादिए पछी आशाले पासो लगाएर फालिन ज्यान (भिडियो हेर्नुहोस)

श्रीमती देहत्याग दु’रुत्सहानको आरोपमा पक्राउ परेका पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीका २७ वर्षीय युवम प्रताप कुँवरलाई जिल्ला अदालत पर्वतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत पर्वतका जिल्ला न्यायधिश सुर्यबहादुर थापाको इजलाशले मृतकका श्रीमानलाई थुनामा राख्न आदेश दिएको हो ।असार ५ गते गोठमा झु ण्डिएको अवस्थामा मृत फेला परेकी २० वर्षीया आशा कुँवरका माइती पक्षले छोरीलाई म’र्न बा’ध्य बनाएको भन्दै ज्वाई प्रताप कुँवर, ससुरा टेकबहादुर कुँवर र सासु दुर्गादेवी कुँवर विरुद्ध असार १० गते जिल्ला प्रहरी कार्यालय पर्वतमा दु’रुत्साहनको मुद्धा दर्ता गराएका थिए ।

मृतकका श्रीमानलाई थुनामा राख्न आदेश दिएपनि सासु र ससुरा जनही २ लाख रुपैया धरौटीमा छुटेको जिल्ला अदालत पर्वतका सूचना अधिकारी रामबहादुर थापा क्षत्रीले जानकारी दिए । मृतक कुँवरकी आमा गिता कुँवरले विवाह भएको दुई बर्ष पुरा भएको र विवाह पश्चात् नै घर पक्षबाट दाइजो थोरै दिएको, बच्चा बच्ची जन्माउन नसकेको जस्ता आरोप लगाएर मा’नसिक या’तना दिँदै आएका कारण नै छोरी म’र्न बाध्य भएको आरोप लगाएकी थिइन् । नेपाली सेनाको जागिरे रहेका ज्वाईले विवाहमा सुनको सिक्री नदिएको भन्दै पटक/पटक छोरीलाई या’तना दिने गरेको गिताले बताईंन ।भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close