News

करिना कपुरको घरमा कोरोना, हेर्नुहोस् कस कसलाई के भयो?

मुम्बई । बलिउड अभिनेत्री करिना कपुरको घरमा पनि कोरोना पसेको छ । उनका पति सैफ अलि खानकी पहिलेकी पत्नीकी छोरी सारा अली खानले यो कुरा पुष्टी गरेकी हुन् । सारा अलि खान पनि अभिनेत्री हुन् ।

साराले सामाजिक सञ्जालमार्फत आफ्नो घरमा कोरोना प्रवेश गरेको जानकारी दिएकी छन् । उनको ड्राइभरमा कोरोना पुष्टि भएको बताएकी हुन् ।

कोरोना पुष्टि भएपछि अहिले ती ड्राइभरलाई क्वारेन्टिनमा राखिएको छ । सारा आफ्नी आमा अमृता सिंह र भाइ इब्राहिमसँग बस्ने गर्छिन् । साथै उनका स्टाफ पनि छन् । ड्राइभरमा कोरोना पोजेटिभ देखिए पनि सारा लगायत अन्यमा भने कोरोना नेगेटिभ देखिएको बताइएको छ ।

सारासँग उनका ड्राइभर गएका थिए या थिएनन् भन्ने अझै खुलेको छैन । यसअघि आमिर खान र बोनी कपूरका स्टाफ, कलाकार रेखाका सेक्युरिटी गार्डमा पनि कोरोना पोजेटिभ देखिएको थियो ।

बलिउड हस्ती अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्य राय र आराध्यामा पनि कोरोना पोजेटिभ देखिएको छ । केही दिनअघि अर्का अभिनेता अनुपम खेरको परिवारमा पनि कोरोना पुष्टि भएको थियो ।

भारत कोरोना भाइरसको संक्रमतिको संख्या ९ लाख नाघेको छ । गत २४ घण्टामा २८ हजार ४९८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९ लाख ६ हजार ७५२ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा भारतभरी कोरोनाभाइरसका कारण ५५३ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । देशभरी कुल सक्रमितमध्ये तीन लाख ११ हजार ५६५ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । त्यसैगरी पाँच लाख ७१ हजार ४५९ जना कोरोनामुक्त भएका छन् भने २३ हजार ७२७ जनाको निधन भएको छ ।

भारतमा सब भन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ । महाराष्ट्रमा मात्रै दुई लाख ६० हजार ४६१ जना संक्रमित भएका छन् भने दश हजार ४८२ जनाको निधन भएको छ । दोस्रो धेरै संक्रमित भएको तमिलनाडु राज्यमा एक लाख ४२ हजार ७९८ जना रहेका छन् भने २ हजार ३२ जनाको निधन भएको छ ।

तेस्रो धेरै संक्रमित भएको दिल्ली प्रदेशमा एक लाख १३ हजार ७४० जना रेहेका छन्् । दिल्लीमा कोरोना सं’क्रम’णको कारण ३ हजार ४११ जनाको मृ’त्यु भएको छ । कोरोना भाइरसको हिसाबबाट विश्वभरीको तथ्यांकलाई हेर्दा भारत तेस्रो धेरै संक्रमित रहेको देशमा पर्दछ पहिलो स्थानमा अमेरिका र दोस्रोमा ब्राजिलमा रहेका छन् ।

Related Articles

Back to top button
Close