News

भारतीय चर्चित क्रिकेटर सौरभ गांगुलीको परिवारमा पनि कोरोना संक्रमणको पुष्टी, सौरभ क्वारेन्टाइनमा

काठमाडौं, साउन १ । भारतमा कोरोना भाइरस महामारी दिनानुदिन बढीरहेका बेला चर्चित अनुहारहरुपनि उकपछि अर्को गर्दै संक्रमणको शिकार बनिरहेका छन् ।

भारतीय लोकप्रिय अभिनेता अमिताभ वच्चनको परिवार नै संक्रमणको शिकार बनेपछि अहिले अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका बेला पूर्वक्रिकेटर सौरभ गांगुलीका भाइमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भाइ स्नेहाशीष गांगुलीलाई संक्रमण पुष्टि भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अध्यक्षसमेत रहेका सौरभ गांगुली बुधवार होम क्वारंटीनमा बसेका छन् ।

स्नेहाशीषले भने आफूलाई कुनै लक्षण नदेखिएको जनाएका छन् । भारतमा पछिल्ला दिनमा करिब ३० हजारमा दैनिक संक्रमणको पुष्टी भइरहेको छ ।

Related Articles

Back to top button
Close