Video

काठमाडौंमा ४ हजार २ सयको नमूना परीक्षण गर्दा मात्र ३ जनामा संक्रमण (भिडियो)

काठमाडौं, १ साउन । उपत्यकामा समुदाय मै कोरोना संक्रमण फैलिएको बिज्ञहरुको आंकलनमा कतिको सत्यता छ रु पछिल्ला कोरोना संक्रमणको परीक्षणहरुले विज्ञहरुको आंकलनमा प्रश्न उठाएको छ । काठमाडौं उपत्यकाका चार हजार जनाको नमूना परीक्षण हुँदा तीन जनामा मात्र कोरोना सङ्क्रमण भेटिएको छ ।

काठमाडौँ उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने चार हजार दुई सय जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

तीन जनामध्ये दुई जना बाहिर मुलुकबाट आएका व्यक्ति हुन् । पाँच हजारमा गरिएको नमूना परीक्षणमध्ये ८ सय जनाको नतिजा आउन बाँकी छ । पछिल्ला दिनमा राजधानी बाहिरसङ्क्रमण दर घटे पनि काठमाडौंमा सङ्क्रमित बढेको थियो ।

यसपछि महाशाखाले उपत्यकाका भीडभाड हुने ठाउँका मानिसमा कोरोना पीसीआर परीक्षण बढायो । गत बिहीबारदेखि महाशाखाले उपत्यकाका बैंक, यातायात कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, अस्पतलामा अग्रपङ्क्तिमा रहेर काम गर्ने व्यक्तिको पीसीआर विधिबाट कोरोना परीक्षण गरेको थियो ।

महाशाखाले उपत्यकाका तीनै जिल्लाका ती ठाउँमा गएर एउटा कार्यालयका ६० देखि ७० जनासम्मको नमूना सङ्कलन गरेको थियो । अस्पतालमा सघन उपचार कक्षका बिरामी, अर्बुदरोग र मिर्गौलाका डायलासिस गराइरहेका बिरामी तथा उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीको परीक्षण गरिएको थियो ।

अहिलेसम्म उपत्यकामा ३ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधबार काठमाडौँ जिल्लामा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने बिहीबार १ जनामा संक्रमण देखिएको छ ।

Related Articles

Back to top button
Close