News

विश्वभर एकै दिन २ लाख ३७ हजार १२७ जना कोरोनाका बिरामी उपचारपछि निको भएर घर फर्के

काठमाडौं –कोरोना विश्वभरभर महामारीको रुप लिएको छ । कोरोना दिन दुई गुना रात चौ गुना ले जस्तै बढिरहेका छ । विश्वभर एकै दिन २ लाख ४८ हजार ३०७ जनामा संक्रमण देखिएको । यो सँगै विश्वभर संक्रमित हुनेको संख्या १ करोड ३९ लाख ३७ हजार १९२ पुगेको छ । त्यसै गरी एकै दिन कोरोनाका कारण विश्वभरबाट ५ हजार ७३६ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या १ करोड ३९ लाख ३७ हजार १९२ पुगेको छ । २ लाख ३७ हजार १२७ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।यो साग्ै विश्भ।बाट कोरोनालाई जितेर घर फर्कनेको संख्या ८२ लाख ६८ हजार ४६९ रहेको छ ।अफ्रिकी मुलुकहरूमा १४ हजार ३९९ जनाको ज्यान गएको छ भने ६ लाख ६७ हजार १४९ संक्रमित छन् । संक्रमितमध्ये ३ लाख ४६ हजार ४०७ जना संक्रमणमुक्त भएका छन् ।

युरोपियन मुलुकहरूमा १ लाख ९८ हजार १६३ जनाको मृत्यु भएको छ । २६ लाख २८ हजार ७९५ जना संक्रमित भएकोमा १५ लाख ५८ हजार ९२९ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरूमा ७५ हजार २०१ जनाको मृत्यु भएको छ । ३१ लाख ९४ हजार ३९२ जना संक्रमित भएकोमा २२ लाख ५२ हजार ६२२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख १२ हजार २४५ जनाको मृत्यु भएको छ । ३१ लाख १३ हजार ९९६ जना संक्रमित भएकोमा २० लाख ७५ हजार ८७७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १३५ जनाको मृत्यु भएको छ । १२ हजार ४७९ जना संक्रमित भएकोमा ९ हजार ६४१ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९१ हजार ६७० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४३ लाख ६ हजार ६८९ पुगेको छ । त्यसमध्ये २० लाख २१ हजार २०२ जना संक्रमणमुक्त भएका छन् ।

Related Articles

Back to top button
Close