News

भारतमा डरलाग्नेगरी बढ्यो कोरोना संक्रमण दर , एकैदिन थपिए ३५ हजारभन्दा बढी संक्रमित

काठमाडौं । विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना संक्रमण भारतमा संक्रमितको संख्या डरलाग्ने गरी बृद्धि भएको छ । वल्डोमिर्टसका अनुसार भारतमा पछिल्लो २४ घण्टामा संक्रमितको संख्या अहिलेसम्मकै सर्वाधिक ३५ हजारभन्दा बढी संक्रमित भएपछि नयाँ रेकर्ड कायम भएको छ । यससँगै भारतमा संक्रमितको संख्या १० लाख ५ हजार ६३७ पुगेको छ ।

यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । अहिलेसम्म संक्रमितमध्ये ६ लाख ३६ हजार ६०२ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ४३ हजार ४२६ जनाको उपचार भइरहेको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या २५ हजार ६०९ पुगेको छ ।

Related Articles

Back to top button
Close