News
इटहरीका लेखा अधिकृत पोख्रेल घुससहित रङ्गेहात पक्राउ
इटहरी / इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घुससहित समातिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीकाे टोलीले उनलाइ ६५ हजार रुपैया घुससहित रङ्गेहात पक्राउ गरेकाे हाे ।
एउटा विद्यालयको योजना वापतको कमिसन लिने बित्तिकै उनलाई पक्राउ गरेको बताइएकाे छ । इटहरीको समिप होटलमा सेवाग्राही सग पैसा दिएका थिए । उनलाइ अख्तियारकाे टाेलीले सेवाग्राही पैसा दिएर निस्कने बित्तिकै समातेको थियो ।