News

कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु, हालसम्म मृत्यु हुनेको संख्या ४० पुग्यो

०२ असार, काठमाडौंः कोरोना भाइरसका कारण नेपालमा थप एक जनाले ज्यान गुमाएका छन् ।

प्रदेश १ को धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेका संक्रमितको मृत्यु भएको हो । सप्तरी राजविराजका ७३ वर्षीय कोरोना संक्रमित उपचाररत थिए । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

हिजो कोरोना पोजेटिभ भएको पुष्टि भएका उनको हिजै राती १० बजेतिर मृत्यु भएको बताइएको छ । बुधबार मात्रै उनलाई अस्पतालमा भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।

Related Articles

Back to top button
Close