News

भिडियोमा पलको क्रेज र मोह

नायक पल शाहले अभिनय गरेको ‘ए है माया’ बोलको गीतले अहिले युटुबको शिर्ष स्थान ओगटेको छ । सरोज वली र मेलिना राइले आवाज भरेको यो गीतले युटुबमा भ्यूज पनि गज्जबको पाएको छ । सार्वजनिक भएको छोटो समयमा नै १० लाख बढी भ्यूज बटुलेको दीपक शर्माको संगीतमा तयार भएको गीतलाई विक्रम स्वाँरले कोरियोग्राफी गरेका हुन् ।

लक डाउनको समयमा नेपाली मनोरञ्जनात्मक सामाग्री हेर्न नपाएका कारण पनि दर्शकले पलको यो भिडियोलाई निकै माया गरे । भिडियोमा सागर लम्साल, रियाषा दाहाल, सुरज श्रेष्ठ लगायतको पनि मोडलिङ छ ।

गीत सार्वजनिक भएसँगै पलले यो भिडियोप्रति विशेष चासो राखेको देखियो । िभिडियोको भ्यूज, ट्रेन्डिङका अपडेट उनले गराइरहेका थिए ।
पल, यो बिषम परिस्थितीमा पनि दर्शकले भिडियोलाई माया दिएको भन्दै आभार व्यक्त गरिरहेका छन् ।

पल शाह म्यूजिक भिडियोबाट उदाएर चलचित्रमा प्रवेश गरेका हुन् । यसैले, भिडियोप्रति उनको मोह देखिन्छ । अर्कोतिर, उनको म्यूजिक भिडियोमा उस्तै क्रेज रहेको भिडियोको भ्यूजले पनि वुझ्न सकिन्छ ।

Related Articles

Back to top button
Close