News

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेर कारोबार भइरहेको छ । आज प्रतितोला पाँच सय रुपैयाँले घटेर छापावाला सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको हो । त्यसैगरी तेजावी सुन प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी १० रुपैयाँले घटेर प्रतितोला ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button
Close