News

कोरोना संक्रमितको संख्या ह्वात्तै घट्यो, नेपालमा आज थप १ सय १ जनामा कोरोना संक्रमण देखियो

काठमाडौं, साउन २ । नेपालमा शुक्रबार थप १ सय १ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ सय १ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको बताएका हुन ।

उनका अनुसार देशभरका विभिन्न स्थानमा गरिएको परिक्षणका आधारमा थप १ सय १ संक्रमण भएको पुष्टि भएको हो । हालसम्म नेपालमा कुल १७ हजार ४ सय ४५ जना कोरोना संक्रमित फेला परेका छन् ।

त्यस्तै नेपालमा थप २ सय ८५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले थप २ सय ८५ जना कोरोना संक्रमण मुक्त भएको बताएका हुन् ।

योसँगै हालसम्म नेपालमा ११ हजार ५ सय ३७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

Related Articles

Back to top button
Close